• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

भोलिदेखि प्रिओपन सेसनम नयाँ नियम लागू हुने,अब कतिले बढ्ने छ मूल्य ?

काठमाण्डौ - अब देखि प्रिओपन सेसनमा नयाँ ब्यवस्था लागु हुने भएको छ । यस अघिको ५ प्रतिशको सिमालाई घटाएर अबदेखि २ प्रतिशत बनाउन लागिएको छ । 

धितोपत्र कारोबार सञ्चालन निीयमावली संशोधन गरि यस्तो ब्यवस्था गरिएको हो । 

यसअघि पाँच प्रतिशत रहेको प्रावधानका कारण अनेपेक्षित रुपमा कम्पनीहरुको मूल्य बढेको पाइएपछि दुई प्रतिशतमा सिमित गरिएको बोर्डको दावि छ । नयाँ ब्यवस्था आँउदो आइतबारबाटै लागु हुने छ । 

यस्तै दोस्रो बजारमा धितोपत्रको कारोबार हुने न्यूनतम मूल्य परिवर्तन सीमालाई पनि संशोधन गरेर १० पैसा वा १० पैसाले भाग जाने मूल्यमा आदेश प्रविष्ट गर्न सकिने व्यवस्था गरिएको छ । हालसम्म उक्त मूल्य परिवर्तन सीमा १ रुपैयाँ थियो ।

प्रतिक्रिया