अब हप्तामा ६ दिन शेयर कारोबार,लगानीकर्ताको मनोबल उच्च होला त ?

काठमाडौं - आउँदो असर देखि शेयर बजारमा नयाँ नियम लागू हुने भएको छ ।

सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै सातामा ६ दिन नै सेयर कारोबार सञ्चालन हुने भएको हो । नेप्सेका कायम मुकायम प्रबन्धक निरञ्जन फुयालले भने, ‘अब साताको ६ दिन नै सेयर कारोबार सञ्चालन हुनेछ ।’ साथै, उनले शुक्रबार भने २ घन्टा मात्रै कारोबार हुने नेपाली पैसालाई जानकारी दिए । 

जसअनुसार अब आइतबारदेखि बिहीबारसम्म चार घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार २ घण्टा अर्थात बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेयर कारोबार हुने छ । यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि नेप्सेले शुक्रबार सेयर कारोबार खुला गरेर आइतबार बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेर आउँदो असार १ देखि पुरानै अवस्था अर्थात शनिबार मात्र सार्वजनिक बिदा कायम गरेको छ । योसँगै अब असार १ गतेदेखि सातामा ६ दिन सेयर कारोबार हुने भएको हो । 

 

लगानीकर्तामा कस्तो असर गर्ला ? 

यसो त अहिले शेयर बजार निकै सुस्ताएको छ । त्यसैले पनि पहिला जस्तो लगानीकर्तामा त्यति चासो र उत्साह छैन तर हप्तामा ६ दिन शेयर कारोबार हुनुपर्छ भन्ने माग भने आम लगानीकर्ताले विगतदेखि नै उठाउँदै आएका छन् । 

सबै क्षेत्र जस्तो शेयर बजार ६ दिन खुल्ला रहनु सकारात्मक कुरा रहेको लगानीकर्ताको बुझाइ छ । बजारमा अहिले चरम तरलता अभाव छ जसको कारणले शेयर बजार अपेक्षित माथि जान सकेको छैन । त्यसैले तत्काललाई यसकै प्रभाव नदेखिएपनि ६ दिन शेयर खुल्नु राम्रो कुरा रहेको धेरैको बुझाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय