नेप्सेमा मंगलबार पनि आक्रामक बृद्धि,दर्जन बढि कम्पनीको शेयरमा सर्किट लाग्दा कारोबार रकम ह्वातै बढ्यो

काठमाण्डौ । साताको तेस्रो दिन नेप्से सतक हाराहारीमा बृद्धि भएर बजार बन्द भएको छ । आज नेप्सेसँगै कारोबार रकम पनि बृद्धि भएर ६ अर्व माथि पुगेको छ । 

मंगलबार नेप्से ७८ अंक भन्दा धेरैले बढेर समग्र बजार २७५१ विन्दुमा पुगेरको छ । आज कारोबार रकम पनि ६ अर्व ३१ करोड भन्दा धेरै भएको छ । आज नेप्सेमा कारोबार भएका २२७ कम्पनीहरुमा एक दर्जन बढि कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । 
 

मंगलबार १७९ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य भने घटेको छ । कामना सेवा विकास बैंकको शेयर सबै भन्दा धेरै खरिद विक्री हुँदा नेप्का अधिकांस उपसूचकमा हरियाली पोिितएको छ । साथै आज वीमा समूहको उपसूचक सबै भन्दा धेरै बृद्धि भएको छ । 

कारोबार रकम र नेप्से समग्रमा बृद्धि हुनुलाई धेरैले यो बजारले अब लय समाउन थालेको रुपमा अर्थाएका छन । 

प्रतिक्रिया