अपर तामाकोशी लिलाली शेयर - १४६ रुपैयाँ तिर्नेले शेयर पाउने

काठमाडौं -अपर तामाकोशी हाइड्रोपावरको शेयर १४६ रुपैयाँ प्रति कित्ता आवेदन दिने लगानीकर्ताले पाउने भएका छन् । 

प्रारम्भिक विवरण अनुसार यसमा न्यूनतम प्रतिकित्ता १४६ रुपैयाँसम्म तोकेर लिलामी भर्नेले सेयर पाउने भएका छन् । यद्यपि, अन्तिम नतिजा आउन बाँकी रहेको छ 

 यस भाउमा सामान्य मात्र तलमाथि हुन सक्ने बिक्री प्रबन्धकले जनाएको छ । हाइड्रोपावरले पुस १३ गतेदेखि २९ गतेसम्म सर्वसाधारण समूहको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो । यसअघि कम्पनीले गत भदौ १८ देखि असोज २२ गतेसम्म शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको ५ करोड १८ लाख १९ हजार कित्ता सेयरमा ३ करोड ४८ लाख ७१ हजार ४७० कित्तामा मात्र आवेदन परेको थियो । सो अवधिमा बिक्री नभई बाँकी रहेको सेयर अहिले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याइएको हो । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल र नागरिक लगानी कोषले गरेका छन् । 

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय