काठमाण्डो । निरन्तर ओरालो लागेको नेप्से बुधबार भने वाउन्स ब्याक भएको छ । आज नेप्से परिसुचक ५० अंकले बढेर समग्र बजार २६६५ विन्दुमा पुगेको छ । आज एक समय नेप्से २६ सय भन्दा तल झरेको थियो ।
नेप्से बढेपनि कारोबार रकम भने त्यति उत्साह जनक हुन सकेको छैन । आज ५ अर्व २८ करोड हाराहारीमा कारोबार भएको छ । कारोबार भएका मध्य १७३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ११ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै २ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
दुई कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा अपि पावरको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । साथै मेघा बैकको शेयर मूल्य सबै भन्दा धेरै घटेको छ । आज दिनै भरिमा २२९ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ । आज वीमा समूहको उपसूचक सबै भन्दा धेरैले बढेको छ ।