• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • Breaking News

लघुवित्तहरुले लाभांश वितरण गर्दा अब लागू हुनेछ यस्तो नयाँ नियम

काठमाडौ - नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ संशोधन गरेको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश सम्वन्धी नयाँ व्यवस्था गरेको छ ।

नयाँ व्यवस्था अनुसार लघुवित्तहरुले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले जाकनकारी दिए ।

उनका अनुसार यसअघि लघुवित्त वित्तीय संस्थाहरुले खुद वितरण योग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था रहेको थियो ।

प्रतिक्रिया