• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

ओरालो लागेको बजार नयाँ अर्थमन्त्री आएसँगै कुन बाटो जाला ?

काठमाण्डौ - यो आर्थिक वर्षको भोलि अन्तिम दिन हो । आर्थिक वर्ष २०७७/७८ मा अरु क्षेत्र डामाडोल भए पनि नेपाली शेयर बजारले भने किर्तिमानी कायम गरेको छ । 

दैनिक २० अर्बको आंकडा छोएको बजारमा नेप्से ३ हजार माथि पुग्यो । यो आँकडाले नेपाली लगानीकर्तालाई निकै उत्साहित बनायो । 

बजार माथि जानुका धेरै कारण होला त्यस माथि एउटा कारण बजार मैत्री अर्थमन्त्री । नयाँ अर्थमन्त्री बिष्णु पौडेल आउँदा साथ बजारको यो उचाई लिएको हो । यस अघिका अर्थमन्त्री खतिवडालाई पनि बजारले खासै राम्रो प्रतिक्रिया दिएको थिएन । युवराज पछि पौडेलको आगमन संगै बजार तातेको हो । 

नेपाल धितोपत्र बोर्डको सूची संगै ओरालो लागेको शेयर बजार देशमा नयाँ मन्त्री पाएसँगै अब कुन बाटो समाउला भन्ने धेरैको चासो छ । 

संसद पुनर्स्थापन हुने दिन अर्ध सतकले घटेको बजार हिजो भने सामान्य अंकले बढेको छ । ऊर्जा मन्त्रालयको सफल नेतृत्त्व गरेका नयाँ अर्थमन्त्री जनार्दन शर्मा लाई बजारले कस्तो प्रतिक्रिया दिने हो त्यो त समयले देखाउने छ । 

बजारले नयाँ सरकारबाट पनि सकारात्म सन्देश खोजेको बजारलाई ऊर्जा मन्त्रालय जस्तै उज्यालो बनाउने दायित्व शर्माको रहेको छ । 

विकृतको चाङ रहेको शेयर बजारलाई नयाँ अर्थमन्त्रीले अझ उचाइमा पुर्याउने छन् भन्ने लगानीकर्ताको विश्वास छ । 

प्रतिक्रिया