काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक शून्य दशमलव ७२ अङ्कले बढेको छ । मंगलबार पनि नेप्से दोहोरो अङ्कले बढेको थियो ।
आज यो सेसनमा ९ कम्पनीको शेयर किनबेच भएको छ भने कारोबार भएका मध्य ५ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको शेयर मूल्य घटेको छ । शिव श्री जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार हुँदा कारोबार रकम भने ८० हजारमा सीमित भएको छ ।
एभरेष्ट बैंकको शेयर सबै भन्दा धेरै मूल्यको कारोबार हुँदा २ उपसूचकमा रातो पोतिएको छ ।