शेयर बजार फेरी लयमा फर्कियो,अर्धसतक भन्दा धेरैले नेप्से बढ्दा कारोबार रकममा पनि सुधार

काठमाण्डौ । बुधबार सेयर बजार वृद्धि भएको छ । साताको पहिलो र दोस्रो दिन घटेको सेयर बजार हिजो भने बढेको थियो । 


नेपाल स्टक एक्सचेञ्ज आज ६८।४७ अंकले बढेर २६८१।१० विन्दुमा पुगेको छ । आज नेप्से परिसूचक २।६२ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक १२।७२ अंकले ५०४।७३ विन्दुमा पुगेको छ । बुधबार सेन्सेटिभ परिसूचक २।५९ प्रतिशतले बढेको हो । 

कूल २२७ कम्पनीको ८१ लाख ८९ हजार ८ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १ सय ४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएको १३ उपसमूहमध्य आज सबै उपसमूको सूचक बढेको छ । बुधबार १० कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । आज किसान लघुवित्त, प्रोग्रेशिभ फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंकलगायतका कम्पनीमा सकारात्मक सर्किट लागेको हो । 

आज सबैभन्दा धेरै सेयर मूल्य घट्ने कम्पनीहरुका पहिलो नम्बरमा रिडी हाइड्रोपावर रहेको छ । आज कम्पनीको सेयर मूल्य २।१६ प्रतिशतले घटेर ६ सय ८३ रुपैयाँ ९० पैसा पुगेको छ । 

त्यस्तै, आज सिटिजन्स बैंकको सर्वाधिक कारोबार भएको छ । आज बैंकको २३ करोड ४ लाख ३७ हजार ९ सय २७ रुपैयाँको कारोबार भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय