निरन्तर ओरालो लाग्दै नेप्से, सर्वोत्तमका लगानीकर्ताले आज पनि गुमाए

काठमाडौं - साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से घट्नेक्रम रोकिएन । नेप्से घटे पनि कारोबार रकम भने स्थिर छ।

यस दिन ३१५ वटा कम्पनीको सेयर खरिद बिक्री भएकोमा केवल ८६ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। त्योमध्ये तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ।

यस दिन परिसूचक ६ अङ्कले घटेर समग्र सूचक २०१२ बिन्दुमा आएको छ भने २ अर्ब८७ करोड माथिको कारोबार भएको छ। 

आज पनि धेरै कारोबार हुनेको शीर्ष स्थानमा दुई सिमेन्ट कम्पनी रहेका छन्। सर्वोत्तम सिमेन्टको र शिवम सिमेन्ट सबैभन्दा धेरै कारोबार हुने सेयर भित्र पर्छन्।

यता उपसूचक तिर होटेल र व्यापार बाहेक अन्य उपसूचक घटेका छन्। साथै गैर जीवन बीमा उपसूचक सबैभन्दा धेरै काटेको छ।

धेरै लगानीकर्ताहरूको चासो रहेको सर्वोत्तम सिमेन्टको सेयर मूल्य आज ३३ रुपैयाँभन्दा धेरैले घटेर ९४१ रुपैयाँ प्रतिकृतामा आएको छ। आज यो कम्पनीको ५ लाख १४ हजार ४११ कित्ताको सेयर कारोबार भएको छ।

प्रतिक्रिया