काठमाण्डौ । शेयर बजारमा पहिरो जानेक्रम निरन्तर ओरालो लागिरहेको छ । आइतबारबाट घट्न सुरु गरेको नेप्से मंगलबार पनि कायम रहेको छ ।
मंगलबार नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार हुने १३ वटै उपसमूह ओरालो लागेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका सेयर कारोबार मापक नेप्से परिसूचक ७०।०१ अंकले घटेर २६१५।४० विन्दुमा झरेको छ । नेप्से २।६१ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ११।४२ अंकले घटेर ४९४।९१ विन्दुमा पुगेको छ ।
कूल २१८ वटा कम्पनीको एक करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार एक सय ७९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।