काठमाण्डौ । निरन्तर ओरालो लागेको शेयर बजार आज भने करिव १८ अंकको बृद्धिसँगै बन्द भएको छ । योसँगै समग्र बजार ३०९४ विन्दुमा पुगेको छ ।
आज नेप्सेका अन्य उपसूचकमा मिश्रीत रहेता पनि जलविद्युत,फाइनान्स र विकास बैकमा लगानीकर्ताको निकै आकर्षण देखियो । १३ अर्व भन्दा धेरैको कारोबार हुँदा अरुण भ्यालीको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ ।
आज दिनैभरिमा २३२ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १०२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ७९ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ५ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।
आज जीवन वीमा समूहको उपसूचक सबैभन्दा धेरै घटेको छ ।