नेप्से निरन्तर उकालो यात्रामा कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजारको उकालो यात्राले निरन्तरता पाएको छ । सोमबार सेयर बजार मापक नेप्से परिसूचक २७.५४ अंक बढेर २०९१ विन्दुमा बन्द भएको छ ।

इन्ट्रा कारोबार डे मा नेप्से परिसूचक २१२१ बिन्दुमा पुगेको नेप्से उतारचढावका बीच २०९१ बिन्दुमा बन्द भएको हो ।

आइतबार पनि सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको थियो ।आइतबार नेप्से परिसूचक ४५.६९ अंकको बढोत्तरीसँगै २०६४.४५ विन्दुमा पुगेको थियो ।

नेप्सेसँगै कारोबार रकम समते बढेको छ । यस दिन ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

कारोबार अवधिभर ३१५ कम्पनीको एक करोड ४३ लाख ७० हजार ६८९ कित्ता सेयर खरिदबिक्री भएको छ ।

फाइनान्स, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा समूहमा रातो पोतिंदा बैंकिङ समूहमा ४.१८ प्रतिशतको उछाल आएको छ । विकास बैंक, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, म्युचुअल फण्ड, व्यापार र अन्य समूहको सेयर मूल्य पनि बढेको छ ।

सोमबार बुद्ध भुमि नेपाल, भगवती हाइड्रोपावर र सामुदायिक लघुवित्त सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। यी ३ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

 

नेरुडे मिर्मिरे लघुवित्तको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

 

आज उपकर लघुवित्त, सृजनशील लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, युनिक लघुवित्त लगायत कम्पनीको सेयर मूल्यमा सर्वाधिक गिरावट आएको छ ।

सोमबार कारोबारमा आएकामध्ये १३४ कम्पनीको सेयर मूल्य बढ्दा १०७ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर छ।

प्रतिक्रिया