आइपीओको मूल्य नै ६२७

काठमाडौ - चर्को विवादका बीच सार्वेत्तम सिमेन्टको आईपीओको प्रारम्भिक मूल्य निकालिएको छ । कम्पनीको आईपीओको प्रारम्भिक मल्य प्रतिकित्ता ६२७ रुपैयाँ ०६ पैसा निकालिएको हो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, सहायक बिक्री प्रबन्धकहरु एनआईबिएल एस क्यापिटल र प्रभु क्यापिटल कम्पनीको भ्यालुएसन मूल्य प्रतिकित्ता ६२७ रुपैयाँ ०६ पैसा निकालेका हुन् ।

बिक्री प्रबन्धकरुले गुणात्मक र मात्रात्मक कारकहरुको विश्लेषण गरेर मूल्य निकालेका हुन् । गुणात्मक कारक तर्फ १६ वटा कारण पेश गरिएको छ भने मात्रात्मक तर्फ ५ वटा तरिका अपनाएको उल्लेख गरिएको छ । तर कम्पनीको अन्तिम मूल्य भने नभएको बताएको छ ।

कम्पनीले असार १९ गते आइतबार योग्य संस्थागत लगानीकर्तासँग रोड सो कार्यक्रमको आयोजना गर्ने भएकोछ । कम्पनीले असार १९ गते होटल रेडिसनमा उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो ।

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय