सर्पोट लघुवित्तको बम्पर बोनस

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयर धनिको लागि बम्पर बोनस घोषणा गरेको छ । 

लघुवित्तको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफबाट ३१।५७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत बोनस तथा १।५७८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको चुक्तापूँजी ६ करोड ६० लाख रुपैयाँ छ । जस अनुसार लघुवित्तले १ करोड ९८ लाख रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

लघुवित्तले अघिल्लो वर्ष लाभांश वितरण गरेको थिएन । 

प्रतिक्रिया