जाजरकोटमा भूकम्पको धक्का महसुस

काठमाडौं: जाजरकोटको नायकवाडा आसपास केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर ३३ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो। यो भूकम्प आसपासका जिल्लामा पनि महशुस गरिएको बताइएको छ।

यसअघि मंगलबार दार्चुला केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो।

गत वर्षको कात्तिकमा जाजरकोट केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो, जसले ठूलो मात्रामा क्षति पुर्‍याएको थियो। भूकम्पको क्षतिबारे भने कुनै विवरण प्राप्त भएको छैन।

प्रतिक्रिया