काठमाडौंं - एशियन हाइड्रोपावरको आइपीओमा १ अर्ब ६६ करोड २६ लाख ५२ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (फागुन ३ गते) अन्तिम दि साँझ ५ः३ बजेसम्ममा १४ लाख ९२ हजार ७७८ जनाले १ करोड ६६ लाख २६ हजार ५२० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो । यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात ८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई छुट्याएको थियो ।
जसमध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको थियो । यस्तै, ५ प्रतिशत अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत (१६ हजार ८ सय कित्ता) कर्मचारीहरुलाई छुट्याइएर बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणलाई बिक्री गरेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ ।