गभर्नरको अभिव्यक्तिले झन् प्यानिक बने लगानीकर्ता, अर्धसतकले घट्यो नेप्से

काठमाडौं - नेप्से निरन्तर ओरालो लाग्ने क्रम जारी छ । बिहीबार नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ। यस दिन नेप्से २.३९ प्रतिशत अर्थात ४५.२५ अंक घटेर १८४८.२८ विन्दुमा झरेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.०६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४० अंक घटेको छ।

यस दिन २३७ स्टकको ३३ हजार ४६० पटकको कारोबारमा १ अर्ब ४९ करोड ९७ लाख ९ हजार रुपैयाँ बराबरको ५० लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधीखोला लघुवित्त र सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने ४ प्रतिशतभन्दा कम रहेको छ।

त्यसैगरी, यस दिन शिवश्री हाइड्रोपावर र लिबर्टी इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ भने सामलिङ्ग पावर कम्पनी, एनआईबिएल प्रगति फण्ड र जोशी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।

 

प्रतिक्रिया