काठमाडौं - साताको दोस्रो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ९ अङ्क भन्दा धेरैले बढेको छ । आइतबार पनि नेप्से दोहोरो अङ्कले बढेर बजार बन्द भएको थियो ।
यो सेसनमा आज 34 वटा कम्पनीहरूको सेयर खरिदबिक्री भएकोमा 32 कम्पनीको सेयर मूल्य बढेको छ ।
एक दर्जनभन्दा धेरै कम्पनीको सेयर मूल्यमा २ प्रतिशत मूल्य बढेर कारोबार हुँदा जीवन बिकास लघुबित्तको सबैभन्दा धेरै कारोबार भएको छ ।
आज १४ लाख भन्दा धेरैको शेयर किनबेच हुँदा लघुवित्त र बीमा समूहको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ ।