खुल्यो आत्मनिर्भर लघुवित्तको आइपिओ ,कति कित्ता सम्म दिन पाइने आवेदन

काठमाडौंं - आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्कासन गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आज (माघ १६ गते) देखि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले सर्वसाधारणमा आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर निष्कासन गरेको हो ।

कुल कित्ता शेयरमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विक्री गर्नेछ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी १ लाख ६९ हजार ७५५ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको छ ।

कुल कित्ता आईपीओमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूमा विक्री गर्न लागेको छ । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरूले फागुन १ गतेसम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा गएका नेपाली कामदारमा आईपीओ विक्री पछि कम्पनीले सर्वसाधारणका लागि आईपीओ सार्वजनिक निष्कासनमा ल्याउनेछ । सर्वसाधारणमा फागुन ११ गतेदेखि आईपीओ विक्री गर्ने मिति कम्पनीले तय गरेको छ । सर्वसाधारणमा आईपीओ विक्री खुला हुने मिति छिटोमा फागुन १५ गतेसम्मका लागि तोकिएको छ ।

छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेको खण्डमा ढिलो फागुन २५ गतेसम्म विक्री लम्बिने छ । यो आईपीओ खरीदका लागि दुबै समूह अन्तर्गतका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्वेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया