☰
२०७९ फाल्गुण ५, शुक्रबार
×
गृहपृष्ठ / समाचार , Breaking News , शेयर बजार
सुपरमाई हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै,यसरी हेर्नुहोस् नतिजा
आर्थिक संदेश फाल्गुण ५, २०७९
328
Shares
facebook-white sharing buttontwitter-white sharing buttonlinkedin-white sharing buttonmessenger-white sharing buttonwhatsapp-white sharing buttonsharethis-white sharing button
काठमाडौं - सुपरमाई हाइड्रोपावर लिमिटेडले आज प्राथमिक शेयर बाँडफाँड भएको छ ।
कम्पनीले माघ २३ देखि २६ गतेसम्म निष्काशन गरेको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा शुक्रबार बिहान १० बजे शेयर बाँडफाँट गरेको हो । पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट एक अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो सर्वसाधारणलाई निष्काशन गरेको ४ लाख १५ हजार कित्ताको ३७.१२ गुणा बढी हुन आउँछ ।
कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार योग्य आवेदक मध्ये ४१ हजार ५०० जनाले मात्रै शेयर पाएका छन् ।
नतिजाको लागि https://iporesult.cdsc.com.np यहाँ जन सकिन्छ ।