मंसिर ४ गते हुने चुनाव घोषणाले बजारमा नकरात्मक प्रभाव,दोहोरो अङ्कले घट्यो नेप्से 

काठमाण्डौ । चुनाव घोषणा भएको समाचारले शेयर बजारमा नकरात्मक असर पारेको छ । शेयर हिजो पनि घटेको थियो ।

आज नेप्से परिसूचक ३८.६१ अंकले घटेको छ । योसँगै समग्र बजार २१४८ विन्दुमा आएको छ । आज २१५ कम्पनीहरूको शेयर किनबेच भएकोमा अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ भने केवल १९ कम्पनीको शेयर मूल्य मात्र बढेको छ । बाँकी सबै कम्पनीको शेयर मूल्य घटेको छ । 

नेप्से दोहोरो अङ्कले घटे पनि कारोबार भने ३ अर्ब ७६ करोडमाथि पुगेको छ । तुलनात्मक रुपमा हिजोको भन्दा यो कारोबार रकम थोरै भए पनि औसतमा राम्रै हो । आज शिवम् सिमेन्टको सबै भन्दा धेरै कारोबार भएको छ भने बलेफी जलविद्युत कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । 

आज युनाइटेड मोदीको जलविद्युत कम्पनीको शेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । आज नेप्सेका सबै उपसूचकमा रातै पोतिएको छ भने बीमा समूहको उपसूचकमा सबै भन्दा धेरै गिरावट आएको छ । 


 

 

प्रतिक्रिया