पुवा खोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

काठमाडौं । यो समय नयाँ आइपीओ निष्कासन गर्ने क्रम केही सुस्त बनेको छ तर प्राथमिक शेयर निष्कासन गर्ने कम्पनीको सूचीमा भने धेरै कम्पनीहरू थपिँदै गएका छन । 

यसैबीच पुवा खोला–वान हाइड्रोपावरले १९ लाख ४६ हजार ६ सय ६० कित्ता साधारण शेयर सर्वसाधारणहरूमा निष्कासन गर्ने भएको छ । सेयर निष्कासनको लागी कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

उक्त सम्झौता(पत्रमा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरे । पुवा खोला–वान हाइड्रोपावरले एक सय अंकित दरका १९ लाख भन्दा बढी सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

कम्पनीले इलाम जिल्लामा ४ मेगावाट क्षमताको जलविद्युत निर्माण गर्न लागेको छ ।

प्रतिक्रिया