• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र

भाग्य हुनेले मात्र शेयर पाउने , मनकामनाको शेयरमा २ दिनमै १२ लाखले दिए आवेदन

काठमाण्डौ -- हिजो मात्र आवेदन खुल्ला गरेको लघुवित्तको शेयरमा आवेदनको ओइरो लागेको छ । 

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको आईपीओमा आवेदन गर्नेको ओइरो लागेको छ। शुक्रबार दिउसो ३ बजेसम्ममा लघुवित्तको आईपीओमा ११ लाख ७९ हजार ७१२ जनाले आवेदन दिएका हुन्।

मनकामना लघुवित्तको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार बाँडफाँड हुनेछ। निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ता बाँडफाँड गर्दा भाग्यमानी ३६ हजार ३४९ जनाले मात्रै लघुवित्तको शेयर पाउने छन् ।

प्रतिक्रिया