काठमाण्डौ । केहि समयदेखि अस्थिर रहेको नेपाली शेयर बजार यो हप्ता लागेसँगै लयमा फर्किएको छ । २ महिनाको अबधिमा ३२ सयको विन्दुबाट २५ सम्म झरेको बजार यो हप्ता भने पुरै कारोबार दिन बढेर बन्द भएको छ ।
यो हप्तामा नेप्सेले देखाएको संकेतसँगै अब बजार तिहार अघिनै ३ हजार विन्दु माथि पुग्ने धेरैले अनुमाना गरेका छन । पछिल्लो समय कारोबार रकममा सुधार हुँदै नेप्से दोहोरो अंकले बृद्धि भइरहेको छ । बजार घटाउन मूख्य भूमिका खेलेको भनिएको शेयर धितो कर्जाको प्रभाव हट्न थालेपछि बजार लयमा आएको धेरेको बुझाइ छ ।
साताको अन्तिम दिन बजार मापक सूचक नेप्से १३ अंकले बढेर समग्र बजार २७८२ विन्दुमा पुगेको छ । नेप्से बढेपनि हिजोको तुलनामा आज कारोबार रकम भने घटेर ६ अर्व पनि पुगेन ।
आज कारोबार भएका २२२ कम्पनीहरुमा ११३ कम्पनीको शेयर मुल्य बढेको छ भने ७१ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ३ कम्पनीहरुको शेयर मुल्य भने यथावत रहेको छ । रिणी जलविद्युतको शेयरमा सर्किट लागेर कारोबार हुँदा नेश्नल जलविद्युत कम्पनीको शेयर सबै भन्दा धेरै खरिद विक्री भएको छ । आज वीमा उपसूचक सबै भन्दा धेरै बढेको छ भने बैक र उत्पादन लगायतका केहि सूचक भने घटेका छन ।