लगानीकर्ता खुसी,नेप्सेमा हरियाली 

काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक शतक हाराहारीले बढेको छ । निरन्तर बजार घटेसँगै आजित भएका लगानीकर्तामा आज भने उत्साह छाएको छ । 

गत साता शुक्रबार पनि दोहोरो अङ्कले बजार बढेको थियो । आज नेप्से मात्र बढेको छैन कारोबार रकममा पनि राम्रो सुधार  आएको छ । १ अर्ब बराबरको कारोबार भइरहेकोमा आज भने त्यो बढेर २ अर्ब माथि पुगेको छ ।

आइतबार नेप्से परिसूचक करिव ९५ अङ्कले बढेर समग्र बजार १९५६ विन्दुमा पुगेको छ । आज कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ भने सबै उपसूचकमा हरियाली छाएको छ । 

कुमारी बैंकको शेयर कारोबार सबै भन्दा धेरै मूल्यको हुँदा २ अर्ब १९ करोड माथिको शेयर किनबेच भएको छ । आज २ दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने बीमा समूहको उपसूचक धेरै अङ्कले बढेको छ । त्यस्तै जलविद्युत कम्पनीको शेयरमा पनि लगानीकर्ताको निकै आकर्षण देखिएको छ । 

प्रतिक्रिया