लामो समयपछि शेयर बजारमा हरियाली,कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य बढ्यो 

काठमाण्डौ । लामो समय शेयर बजार घटेर आजित भएका लगानीकर्ताको लागि मंगलबार भने राहतको सास फेर्ने मौका मिलेको छ । निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार भने दोहोरो अङ्कले बढेको छ । 


नेप्सेमा हरियाली आए पनि कारोबार रकममा भने खासै सुधार हुन सकेको छैन । आज १ अर्ब २३ करोड माथिको शेयर किनबेच भएको छ । आज तीन कम्पनीको शेयर मूल्य सर्किट लागेर कारोबार भएको छ । 


आज नेप्से परिसूचक ३७ अङ्क भन्दा धेरैले बढेर समग्र बजार १९२२ विन्दुमा पुगेको छ । आज २३१ कम्पनीको शेयर कारोबार हुँदा ५ कम्पनी बाहेक अन्य सबै कम्पनीको शेयर मूल्य बढेको छ । एनटिसीको शेयर किनबेच सबै भन्दा धेरै मूल्यको कारोबार भएको छ । आज नेप्सेका सबै उपसूचक हरियो भएका छन भने बीमा समूहको उपसूचक सबै भन्दा धेरै बढेको छ । 


राष्ट बैंकको मौद्रिक नीतिका कारण घटेको बजारलाई तरलता अभावले पनि घट्न झन बल पुगेको थियो । अहिले लगानीकर्ताहरू विभिन्न माग राखेर आन्दोलनमा छन भने एक लगानीकर्ता आमरण अनशनमा समेत बसेका छन । 

प्रतिक्रिया