• गृहपृष्ठ /
  • मुख्य खबर ,
  • समाचार ,
  • Breaking News ,
  • शेयर बजार ,
  • अर्थतन्त्र

सानीमा लाईफ इन्स्योरेन्सको आइपीओमा २० लाखले आवेदन दिए,भाग्यो बलियो हुनेले मात्र शेयर पाउने

काठमाण्डौ - सानीमा लाईफ इन्स्योरेन्सको शेयरमा आवेदनको आईओरो लागिरहेको छ । 

बिक्री प्रबन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार शुक्रबार सम्ममा कम्पनीको आइपीओमा १९ लाख १८ हजार जना आवेदकबाट करिब ३ अर्ब रूपैयाँ बराबरकाे २ करोड ९९ लाख ८३ हजार कित्ता शेयर खरिदको लागि आवेदन परेको हो।

याे सर्वसाधारणलाई छुट्टाएको ५४ लाख कित्ताकाे ५.५५ गुणा बढी हाे । 

कम्पनीले सर्वसाधारणलाई १ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गर्ने भएको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई छुट्याईएको छ । बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।

आइपीओमा छिटोमा साउन २४ गते र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया