काठमाडौँ । मौद्रिक नितिको समिक्षापछि उकालो लागेको शेयर बजार निरन्तर झर्न लागेको छ । साताको तेस्रो दिन मंगलबार पनि नेप्सो दोहोरो अंकले घटेको छ ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज ३०.०५ अकंले घटेर २०३०।१० बिन्दुमा बन्द आएको छ । आज सूचीृकत कम्पनीहरुको १ करोड १० लाख ६९ हजार ९६८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ७३ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १।१५ प्रतिशत, विकास बैंक समूहको १।३५ प्रतिशत, फाइनान्स समूहको १।३५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
आज शिवम सिमेन्टको १६ करोड ११ लाख र ह्थावे इन्भेष्टमेन्टको १५ करोड रुपैयाँको कारोबार भएको छ ।