काठमाडौं - शेयर बजार ओरालो लाग्न भूमिका खेलेको मानिएको शेयर धितो कर्जाको सीमा पुनर्विचार हुन लागेको चर्चा चलेको छ ।
विभिन्न संचार माध्यमहरुले यस विषयमा समाचार प्रकाशित गरेपछि लगानीकर्तामा चासो बढेको छ । यसो त राष्ट्र बैंकले यस विषयमा कुनै जानकारी दिएको छैन ।
स्रोतले दाबी गरे अनुसार यो विषयमा राष्ट्र बैंकले छलफल गरे पनि के गर्ने भन्ने विषय यकिन भएको छैन ।
यसै विषयमा एक सामाजिक संजालमा भएको छलफल यहाँ प्रस्तुत गर्दै छौं ।