पुस २८ मा तनहुँमा गुन्जिनेछ "कश्मिरे पछ्यौरी"

तनहुँ – लोकप्रिय गायक बाबु कृष्ण परियारले पुस २८ गते तनहुँ महोत्सव २०८१ मा आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन्।

"कश्मिरी पछ्यौरी" जस्ता चर्चित गीतका लागि प्रख्यात परियार हालसालै जापानको कार्यक्रम सकेर नेपाल फर्किएका हुन्।

तनहुँ महोत्सवमा परियारले "कश्मिरी पछ्यौरी," "चौका दाउ" लगायतका गीतहरू प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। 

आर्थिक सन्देशसँग कुरा गर्दै उनले पछिल्लो समयमा श्रोता तथा आयोजकहरूले दिएको माया र समर्थनका कारण विभिन्न कार्यक्रममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गरे। उनले आफूले सक्दो धेरै कार्यक्रममा सहभागिता जनाएर दर्शकको माया जित्ने प्रयास गरिरहेको बताए।

प्रतिक्रिया