काठमाण्डौ - मैलुङ खोलाको आइपीओको प्रि–अलोटमेन्ट आज सम्पन्न भएको हो ।
प्रि–अलोटमेन्ट सम्पन्न भएसँगै भोलि बिहान ९ बजे आइपीओ बाँडफाँड गर्ने निर्णय भएको सिद्धार्थ क्यापिटलले जनकम्पनीले
कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको छ । कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने १४ हजार ७ सय २६ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशतले हुन आउने ३६ हजार ८ सय १४ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्तामा सर्वसाधारणको । को लागी आवेदन खुलाइएको थियो ।
यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० र अधिकतममा १ लाख कित्तासम्म खरिद आवेदन दिन सक्नेछन् । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट तथा सीडीएससीको मेरो सेयरबाट अनलाइनबाट सि–आस्बा प्रणालीमार्फत आवेदन सकिनेछ। यो आईपीओमा छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । धितोपत्र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
मैलुङ खोला जलविद्युतको यो आईपीओलाई धितोपत्र बोर्डले गत असार २३ गते निष्कासन अनुमति दिएको थियो ।
यो पाईपीओमा सर्वसाधारणले ६ लाख ८४ हजार ७४६ कित्तामा मात्र आवेदन दिन पाउने हुँदा ६८ हजार ४७४ आवेदकले १० कित्ताका दरले र तिनै आवेदनकमध्ये १० कित्ताभन्दा बढीका लागि आवेदन दिने ६ आवेदकले थप १÷१ कित्ता पाउनेछन्।