काठमाण्डौ । विहान ९ बजे नजिता प्रकाशीत भएको न्यादी हाइड्रोपावरको आईपीओ नजिता अझै हेर्न सक्ने भएको छैन । तर ग्लोवल आईएमी क्यापिटलले भने नजिता प्रकाशीत गरेको छ ।
न्यादी हाइड्रोपावरको साधारण शेयर विहान ९ बजे सार्वजनिक गरिएको थियो । नजिता सबै भन्दा पहिला हेर्नको लागि यहाँ जान सक्नुहुने छ ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको २० लाख ९२ हजार ५०० कित्ता शेयर गोलाप्रथाबाट २ लाख ९ हजार २ सय ५० जनाले १०–१० कित्ताका दरले पाएका छन् ।