• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र

निरन्तर ओरालो लाग्दै नेप्से,कारोबार रकम भने स्थिर

काठमाण्डौ । बुधबार पनि नेप्से १६ अंक भन्दा धेरैले घटेर २८०० विन्दुमा आइपुगेको छ । 

यो साता नेप्से निरन्तर ओरालो लागिरहेको छ भने कारोबा रकम समेत घटेको छ । केहि दिन देखि ५ अर्व हाराहारीको शेयर खरिद विक्री भएको थियो भने यो उचाई विस अर्व सम्म पुगेको थियो । 

कारोबार अवधिभर २२२ कम्पनीहरुको शेयर कारोबार भएकोमा ५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ११६ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै १२ कम्पनीको शेयर मूल्य यथावत रहेको  छ । 

आज नेप्सेका प्राय सबै उपसूचकमा रातो पोतिएको छ भने विकास बैक र लद्युवित्तको सामान्य बढेको छ । आज छिमेकी लद्युवित्तको शेयर सबै भन्दा धेरै कारोबार भएको छ । 

प्रतिक्रिया