सुस्तायो शेयर बजार,कारोबार रकम र नेप्सेमा गिरावट

काठमाडौं - नेप्सेमा आज सामान्य गिरावट आएको छ ।  आज बजार परिसुचक ३.६१ अंकले घटेर समग्र बजार २०१९ बिन्दुमा आएको छ । हिजो नेप्से ३.६५ अंकले घटेको नेप्से दुई हजार २३ दशमलव ५४ विन्दुमा बन्द भएको थियो । 

आज नेप्सेमा एक अर्ब ३८ करोड ७८ लाख ६५ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ८८ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ११८ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आधिखोला लुघवित्त वित्तीतय संस्था लिमिटेड, आदर्श लुघवित्त वित्तीतय संस्था लिमिटेड र खप्तड लुघवित्त वित्तीतय संस्था लिमिटेड गरी ३ वटा लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। 

प्रतिक्रिया