शुक्रबारको कारोबार बन्द गर्ने तयारिमा नेप्से

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शुक्रबारको कारोबार हुदै आइरहेको शेयर कारोबार बन्द गर्ने तयारी गरेको छ ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजको आयोजनामा भएको पूँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेन्जका सहायक प्रबन्धक निरञ्जन फुँयालले नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने तयारी गरेको बताएका हुन् ।

नेपाल सरकारले पेट्रोलियम पदार्थको खपतलाई लिएर जेठ १ गतेदेखि लागू हुने गरी आइतबार र शनिबार सार्वजनिक बिदा दिएसँगै नेप्सेले आइतबार बन्द गरेर सोमबार देखि शुक्रबार शेयर कारोबार खुलाएको थियो । तर चौतर्फी बिरोध पछि सरकारले आइतबार बिदा खारेजगरेसँगै नेप्सेले आइतबार देखि शुक्रबार सम्मै साताको ६ दिन कारोबार खुला गरेको थियो । आइतबार देखि बिहिबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र शुक्रबार भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म कारोबार गर्दै आरहेको छ । अब भने नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने तयारी गरेको हो ।

प्रतिक्रिया