बैंकमा थुप्रियो लगानी योग्य रकम, सिडी रेसियो कति ?

काठमाडौं - नेपालका बैंकिङ्ग क्षेत्रमा तरलता थपिँदै गएको देखिएको छ । पछिल्लो नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार ६० खर्ब भन्दा धेरै रुपैयाँ निक्षेप पुगेको देखाएको छ । 

यो समयमा वाणिज्य बैंकहरुसँग मात्रै ५४ खर्ब ४८ अर्ब रुपैयाँ निक्षेप रहँदा अन्य बैंक तथा वित्तीय संस्थासँग ७ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप रहेको केन्द्रीय बैंकले जनाएको छ । बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाले समग्रमा ५० खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जसमध्ये वाणिज्य बैंकहरुले मात्रै ४५ खर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् ।

सीडी रेसियो पनि घट्दै गएको छ । बिहीबारसम्म सीडी रेसियो ८०.१५ प्रतिशत रहेको छ । अन्तरबैंक ब्याजदर २.९३ प्रतिशत छ । 

प्रतिक्रिया