• गृहपृष्ठ /
  • Breaking News ,
  • समाचार ,
  • शेयर बजार ,
  • मुख्य खबर ,
  • अर्थतन्त्र

के हजुरको डिम्याट खाता छ ? यदि छ भने असारमा फ्रिज होला नी, यसो गर्नुहोस्

काठमाण्डौ - पछिल्लो समय प्राथमिक शेयर निष्कासन गरेको जीवन विकास लघुवित्तको आइपिओमा १९ लाख हाराहारीमा आवेदन परेसँगै नेपालमा डिम्याट खाता खोल्ने को संख्या ह्वात्तै बढेको प्रष्ट हुन्छ । 

 

एक वर्षमै सतप्रतिशत भन्दा धेरैले बढेको आकर्षण बढेसँगै हितः ग्राही खाता खोल्ने संख्या ४० लाख नजिक पुगिसकेको छ । 

 

यसै बीच धेरै वित्तीय संस्थाले असर मसान्त भित्र हितग्राही खाता नविकरण गर्न अनुरोध गरेका छन् । प्रत्येक आर्थिक वर्षको अन्त्यसम्ममा डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ। वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि निक्षेप सदस्यहरुले यस्तो खाता नवीकरण गरिदिने गरेका छन्। 

 

असर मसान्तभित्र आफ्नो खाता अनिवार्य नविकरण गर्नु पर्ने प्रावधान छ । नविकरणको लागि कार्यालयमा गएर वा अनलाइन बाट पनि रकम तिर्न सकिन्छ । बार्षिक १ सय रुपैयाँमा यो खाता नविकरण गर्न सकिन्छ । 

 

आफ्नो खाता सक्रिय राख्नको लागि खाता नविकरण गर्नु अनिवार्य छ । अहिले विभिन्न भुक्तानी प्रदायक कम्पनी बाट डिम्याट खाता नविकरण गर्न सकिन्छ । 

 

 

प्रतिक्रिया