काठमाण्डो - कारोबार सुरु भएको आधा घण्टामै नेप्से ५५ अंकले बढेको छ ।
यो आर्थिक बर्षको पहिलो दिन साथै साताको पहिलो कारोबारमा उत्साहजनक खरिद विक्री भइरहेको छ । कारोबार भएका अधिकांस कम्पनीको शेयर मुल्य बढेपछि नेप्से ठुलो अंकले बढेको छ ।
प्रिओपन सेसनमा ९ अंले बढेर कारोबार भएको नेप्से नियमित बजारमा प्रवेश गरेसँगै उकालो लागेको हो । यो समाचार तयार पार्दा सम्म नेप्से ५५ अंकले बढेर २९३९ विन्दुमा पुगेर कारोबार भइरहेको छ । कारोबार भएका मध्य अधिकांस कम्पनीको शेयर मूल्य बढेको छ ।