• गृहपृष्ठ /
  • समाचार ,
  • मुख्य खबर ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय

बैंक ब्याजदरमा राष्ट्र बैंकको लगाम,२ दिन भित्र संशोधन गर्नु पर्ने

ब्याजदरकाे विषयमा बाेल्दै नेपाल राष्ट्र बैंकले कडा निर्देशन जारी गरेकाे छ । 

बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गरेकाे हाे ।

राष्ट्र बैंकले तल उल्लेख गरिएका ३ बुँदे निर्देशन दिएकाे छ :

१. इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अधिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा दश प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन्।

२. संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत विन्दुले कम हुनुपर्नेछ ।

३. इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले उपचुँदा (१) र (२) बमोजिमको व्यवस्था २०७८ कात्तिक महिनाको लागि प्रकाशित भईसकेको ब्याजदरमा समेत संशोधन गरी मिति २०७८/०७/०३ भित्र आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्नु पर्नेछ । यस्तो ब्याजदर मिति २०७८/०७/०५ भित्र दैनिक पत्रिकामा समेत प्रकाशन गर्नुपर्नेछ ।

प्रतिक्रिया