नेप्से ५ दिन बन्द हुने,आखिर किन ?

काठमाडौं - नेपालीहरूको महान् पर्व विजयादशमीको अवसरमा नेप्से पाँच दिन बन्द हुने भएको छ । 

बुधबार कारोबार  भएर बन्द भए नेप्से अब आइतबार खुल्ने छ  । बिहीबार घटस्थापनाको बिदा भएको कारण साताको अन्तिम दिन कारोबार हुन सकेको थिएन । शुक्रबार र शनिबार नेप्से बजार नखुल्ने हुँदा लगातार ३ दिन बजार बन्द भएको हो । 

सरकारले सोमबारपछि मंगलबारदेखि सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ । यो सँगै अब साता २ दिन मात्र कारोबार भएर बजार बन्द हुने भएको छ । बिजयादशमीको भोलिपल्ट शनिबार परेको हुनाले बजार खुल्दैन । मंगलबारदेखि बिदा भएको बजार आइतबार एकैपटक बजार खुल्ने छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय