तनहुँमा ४० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र वितरण नहुँदा थन्किए

काठमाडाैं - जिल्ला प्रशासन कार्यालय तनहुँमा ४० हजारभन्दा बढी राष्ट्रिय परिचयपत्रहरू थन्किएका छन्। फाराम भरेका धेरै व्यक्तिहरू विदेश गएकाले परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ। कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितका अनुसार नयाँ परिचयपत्रका लागि दैनिक १२० देखि १५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५ देखि ३० जना मात्र आउने गरेका छन्। चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म २,७०१ जनाले नयाँ फाराम दर्ता गरे भने २,०५ जनाले मात्रै परिचयपत्र लगेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले चालु आवको प्रथम त्रैमासिकमा तीन हजार ४०१ जनाले राहदानी सिफारिस लिएको बताए। नागरिकताको सन्दर्भमा, वंशजको आधारमा १,५३६ जनाले नागरिकता लिएका छन् भने २,३०६ जनाले नागरिकताको प्रतिलिपी लिएका छन्। वैवाहिक अङ्गीकृततर्फ मात्र दुई जनाले नागरिकता लिएका छन्।

अन्य सेवाहरूमा ९२ नाबालक परिचयपत्र, १५ विपन्न खसआर्य, र २१३ पेन्सन सिफारिस लिइएको जनाइएकोछ।

प्रतिक्रिया