तेह्रथुम पावरको आईपीओ डिम्याट खातामा आयो,आउँदो साता कारोबार

काठमाडौं । तेह्रथुम पावरको सर्वसाधारण लागि निष्काशन गरेको प्राथमिक शेयर आईपीओ डिम्याट खातामा जम्मा भएको छ ।

खातामा आएसँगै अबको हप्ता कारोबार हुने अपेक्षा गरिएको छ । नेप्से सँगको सम्झौताको भोलिपल्ट शेयर द्रोसो बजारमा कारोबार हुने गर्दछ । 

कम्पनीले भदौ ९ गतेदेखि भदौ १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । 

कती पाउन सुरुवाती मूल्य ?

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ८४ रूपैयाँ ७४ पैसादेखि अधिकतम २५४ रुपैयाँ २२ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीको आर्थिक वर्ष २०७६/७७ को प्रतिशेयर नेटवर्थ ८४ रूपैयाँ ७४ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा २५४ रुपैयाँ २२ पैसा हुन्छ ।

 

प्रतिक्रिया