अन्तिम कारोबार दिन पनि घट्यो नेप्से,सर्वोत्तमका लगानीकर्ताले गुमाए धेरै

काठमाडौं - यो हप्ता लगानीकर्ताहरूको लागि त्यति सुखद हुन सकेन। कारोबार भएको अधिकांश दिन सेयर बजार घट्यो भने आज अन्तिम दिन पनि त्यसले निरन्तरता पाएको छ। 

आज नेप्सेमा गिरावट आएपनि कारोबार रकममा भने केही सुधार देखिएको छ । नेप्से २.७३ अङ्कले घटेर समग्र बजार २००४ विन्दुमा आएको छ । 

यस दिन ३०२ कम्पनीहरूको ३ अर्ब ३७ करोड भन्दा धेरैको कारोबार भएको छ । आज गुलविल फाइनान्स कम्पनीको शेयर सबैभन्दा धेरै मूल्यको कारोबार भएको छ । 

आज बीमा, होटल र फाइनान्स उपसमूह बढेका छन् भने अरु उपसुचक घटेका छन् । आज उत्पादन उप समूह सबै भन्दा धेरै घटेको छ। 

प्रतिक्रिया