काठमाडौ - नेपालमा पछिल्लो समय धेरै कमापनीहरु आइपीओ तर्फ आकर्षित भइरहेका छन् यसै बीच पाइपलाईनमा रहेका कम्पनीहरुले धमाधम शेयर निष्कासन गरिरहेका छन् भने कतिले सेबनमा निवेदन दिइरहेका छन् ।
प्राथमिक शेयर निष्कासन गर्ने कम्पनीमा रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड पनि थपिएको छ । कम्पनीले १२ लाख कित्ता शेयर निष्काशन गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।
सर्वसाधारणका लागि जारी हुने शेयर १२ करोड रुपैयाँ रकम बराबरको १२ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्नका निम्ति नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी आवेदनको तयारी भएको कम्पनीले जनाएको छ ।
कम्पनीले बुधबार यस कार्यको लागि मेघा क्यापिटलसँग सम्झौता गरी काम अगाडि बढाएको छ ।