डिस मिडिया नेटवर्कले आइपीओ निष्कासन गर्ने

काठमाडौं - डिस मिडिया नेटवर्कले चैत २० गते विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीले जारी पुँजी वृद्धि गर्ने र सर्वसाधारणमा आइपीओ जारी गर्ने विशेष प्रस्ताव सभामा पेश गर्ने भएको छ । यस्तै, अन्य व्यावसाय विस्तार गर्ने प्रस्ताव पनि सभामा लैजाने छ । विशेष सभा कम्पनीको रजिष्टर्ड कार्यालय, ललितपुर–२५ मा दिउँसो २ः३० बजे सुरु हुनेछ ।

हाल नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा डिस मिडियाको २३ लाख ८५ हजार ९२८ कित्ता सेयर आइपीओ अनुमतिको पर्खाइमा रहेको छ । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया