काठमाण्डौ - केन्द्रिय बैंकको निर्देशनपछि बैंकहरुले ब्याजदर संशोधन गरेका छन्। बैंकहरुले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर संशोधन गरेका हुन्। आफूखुसी ब्याजदर घोषणा गरेपछि राष्ट्र बैंकले एक निर्देशन मार्फत व्याजदर संशोधन गर्न अनुरोध गरेको थियो । सोही अनुसार बैंकहरुले समेत ब्याजदर संशोधन गरेका छन्
संशोधनपश्चात अधिकांश बैंकहरुको अधिकतम ब्याजदर ९.३६ प्रतिशत कायम गरेका छन्। मुद्दती निक्षेपमा अधिकतम ११.६७ प्रतिशत ब्याज दिने घोषणा गरेको हिमालयन बैंकले ब्याजदर संशोधन गरी ९.३६ प्रतिशतमा झारेको छ।
केन्द्रिय बैंकको निर्देशन अनुसार बैंकहरुले कात्तिक ३ गते नै आफ्नो वेबसाइटमा संशोधित ब्याजदर प्रकाशित गरेका थिए। सो आधारमा अहिले बैंकहरुको अधिकतम ब्याजदर ९.४१ प्रतिशत पुगेको छ।