काठमाडौं - एनआईसी एशिया क्यापिटल लिमिटेडको संचालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् ।
कम्पनीको साउन १ गते, शुक्रबार सम्पन्न संचालक समितिको ९२ औं बैठकको निर्णय बमोजिम साउन १ गते देखि लागु हुनेगरि कम्पनीको संचालक समितिको अध्यक्षमा ढकाललाई नियुक्त गरेको हो ।
ढकाल एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन् । उनीसँग FuDeloitte India(Big 4), ICICI Bank, India तथा हाम्रो विकास बंैकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ । उनी प्रोफेशनल Chartered Accountant पनि हुन् ।