काठमाण्डौ । शेयर बजार निरन्तर ओरालो लाग्नेक्रम जारी छ । यसैबीच सोमबार प्रिओपन सेसनमा निकै झिनो अङ्कले नेप्से घटेको छ । आज शून्य दशमलव शून्य नौ अङ्कले बजार घटेको हो । आइतबार पनि नेप्से दोहोरो अङ्कले घटेको थियो ।
यो सेसनमा आज ११ कम्पनीको शेयर किनबेच भएकोमा ५ कम्पनीको शेयर बढेको छ भने बाँकी ५ कम्पनीको भने घटेको छ । ३ लाख ७० हजार माथिको शेयर किनबेच हुँदा नेष्डो समृद्ध लघुवित्तको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ ।
शेयर बजार निरन्तर ओरालो लागेसँगै लगानीकर्ताहरू आत्तिएको जानकारहरूको बुझाइ छ । एक वर्षको अवधिमा शेयर बजार ३२ सयबाट २ हजार भन्दा तल आएको छ ।