५ दिन घटेको सर्वोत्तम सिमेन्टको शेयर मूल्य आइतबार भने सामान्य बढ्यो

काठमान्डौ - आइपिओ निष्कासन पछाडि निरन्तर सेयर मूल्यमा सर्किट लागेर कारोबार भइरहेको सर्वोत्तम सिमेन्टको प्रतिशयर मूल्य १००० माथि पुग्यो। त्यसपछि निरन्तर एक हप्ता ओरालो लागेको कम्पनीको सेयर मूल्यमा पहिलो कारोबार दिन आइतबार भने सामान्य वृद्धि देखिएको छ। 

यो समाचार तयार पार्दासम्म कम्पनीको प्रतिशयर मूल्य ८ रुपैयाँले बढेर ८५१ रुपैयाँ प्रतिशेयरमा कारोबार भइरहेको छ। बिहिबार अन्तिम कारोबार दिनसमेत कम्पनीको सेयर मूल्य घटेको थियो। 

यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर २०००० कित्ताभन्दा धेरैको कारोबार भएको छ भने २६ हजार कित्ताको माग छ भने १३ हजार बिक्री रहेको छ । 

प्रतिक्रिया